१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मेरो इज्जत यौनमा सीमित नहोस्

नेपालब्रिटेन डट कम्
११ माघ २०७३, मंगलवार ०६:२०

नेपालमा अक्सर महिलाको स्वाभिमान, उसको इज्जत वा प्रतिष्ठालाई उसको कुमारीत्व वा योनीसँग जोडेर हेर्ने रुढीवादी चलन छ । हाम्रो समाजमा कुमारी हुनु वा नहनुमा महिलाको प्रतिष्ठा खोज्नेहरुको भीड ठुलै छ । पुरुषहरुका लागि जति खुला छ, त्यति कुण्ठित छ समाज महिलाहरुका लागि । यही सन्दर्भलाई लिएर स्वेता महतोले ब्लग लेखेकी छिन् । यस्तो छ उनको ब्लग: म १८ वर्षकी नेहा कार्की हुँ । मेरो गतिविधीहरु जो कोहीलाई अनौठो लाग्नु स्वाभाबिकै होला तर म त्यस्तो अनौठो प्रकारको व्यक्ति नभइ म सामान्य व्यक्ति हुँ । तर मलाइ यस्तो अनौठो व्यक्ति वनाउन हाम्रो समाजकै दोष छ । मेरा थुप्रै सपनाहरु थिए जुन सपनाहरु तपाई हामी बस्ने समाजले नै मारीदिएको छ ।
मेरो शरीर अझै पनि जीवित छ तर मेरोअस्मिता लुटिएको छ । कसरी समाज हत्यारा वन्न सक्छ भन्ने प्रश्न तपाईमा आउन सक्छ । तथापी समाज भन्नाले हामीलाई हुर्किन बढ्न र हिडडुल गर्न उपयुत्त वातावरण भएको ठाउँ भन्ने वुझिन्छ । तर मेरो सवालमा समाजले मेरो चरीत्र हत्या गरीदिएको छ र मेरो शरीर लाश जस्तै आत्मा विनाको वनेको छ । मेरो के नै गल्ती थियो र के महिला भएर जन्मनु नै एउटा अभिशाप हो त ? जसको ईज्जत शरीरको एउटा सामान्य अंग (योनी) मा हुँदोरहेछ ।
मेरो शरीर त्यस्ता पुरुषवाट बलात्कृत भएको छु जो आफ्नो मर्दपन मजस्ता अवोध नारीहरुको अस्मिता लुटेर देखाउन चाहन्छ । तर समाज हाम्रा यस्ता कुराहरुमा मौन देखीन्छन् । क े अव म न्याय नखोजी मानै बसांै अहँ म न्याय खोज्ने छु भनी लागी परें तर न्याय खोज्ने क्रममा म झन् समाजवाटै उल्टो तिरस्कृत हुन पुगे ।
मैले यो पत्र नयाँ वर्षमा सवैले आफ्नो नयाँ कार्यको थालानी गर्ने दिन लेख्दैछु हाम्रो समाजलाई जसलाइ म न्याय र आत्मसम्मान के हो भन्ने कुरा सोध्नका लागि । बुझ्नका लागि । के वलात्कृत हुनुमा म कसरी दोषी छु ? त्यसो भए मलाई किन समाजमा घृणित जीवन जीउन वाध्य पारिन्छ ? जब बलात्कार गनहरु केही दिनको जेल सजायपछि इज्जतदार र निर्भिकतासाथ समाजमा हिड्डुल गर्दछन् । किन हामी जस्ता महिलाहरुको इज्जत एउटा शरीरको सामान्य अंगमा राखिन्छ ? किन हाम्रोले कार्यदक्षताका आधारमा व्यवहार गरिदैन ? कामको मूल्यांकन हुन्न ? वलात्कारीहरुको इज्जत कसरी जोगियो र हामी बलात्कृत हुने पीडितको इज्जत कसरी गुम्यो त ? के पुरुषप्रधान समाजमा महिलाहरुको अस्मिता लुटिदा र महिलालाई नंग्याउदा मर्दपन हुन्छ ? यो प्रश्न मेरो समाजलाई जुन प्रश्न म मेरो शरीरलाई विष पिलाउनु अघि राख्दैछु र म यो पुरुष प्रधान समाजको मूल्य, मान्यता र वन्धनवाट टाढिदै छु । मेरो कामना छ अर्को जन्ममा म महिला नभई पुरुष भई जन्मन पाउँ जसले गर्दा मेरो इज्जत मेरो योनीमा सिमित नहोस् ।
जुमएनपीबाट