२९ बैशाख २०८१, शनिबार
Follow Us

एमाले अध्यक्ष ओलीको झापामा चियापान आज

नेपालब्रिटेन संवाददाता
२८ आश्विन २०७८, बिहीबार ०१:५९

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वर्ष देखिको निरन्तरतालाई कायम राख्दै आज झापामा शुभकामना आदान प्रदान सहित चियापानको आयोजना गरेका छन् ।

अध्यक्ष ओलीले गृह जिल्लामा दसैं, तिहार, छठ, नेपाल सम्वत् लगायतका चाडहरुको उपलक्ष्यमा हरेक वर्ष महानवमीको दिन शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने गरेको कार्यक्रमको व्यवस्थापन गरिरहेको एमाले जिल्ला कमिटीका अध्यक्ष चिन्तन पाठकले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, राप्रपाका महासचिव राजेन्द्र लिङदेन, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य झलकसिंह दर्लामी लगायतका नेताहरु पनि सहभागी हुनेछन् । कार्यक्रम साई पार्टी प्यालेस सिटी सेन्टर विर्तामोडमा आयोजना गरिएको छ ।

कार्यक्रमका लागि अध्यक्ष ओली यति एयरको पहिलो उडानबाट भद्रपुर अवतरण गर्दै छन् । उनी आजै अपरान्ह ३ः४० को उडानबाट काठमाडौं फर्कने कार्यक्रम रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।