१५ चैत्र २०८०, बिहीबार
Follow Us

जनसम्पर्क समिति वेलायतको पाँचौ महाधिवेशन १३ नोभेम्वरमा

नेपालब्रिटेन डट कम्
३० आश्विन २०७८, शनिबार १८:१२

लण्डन । बेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिको पाँचौ महाधिवेशन नोभेम्वर दोस्रो साता हुने भएको छ ।

जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार समितिको पाँचौ महाधिवेशन आगामी नोभेम्वर १३ तारिख हुने भएको हो ।

जनसम्पर्क समिति वेलायतले नेपाली कांग्रेस समक्ष नविकरणको १०४१ र नयां ९६४ क्रियाशिल सदस्यता काठमाण्डौंस्थित पार्टी कार्यालयलाई बुझाएको छ ।

गुरुङका अनुसार सदस्यता शुल्कबापत पार्टीलाई तिर्नुपर्ने करिब ५३ लाख रुपैयाँ समेत पार्टीलाई बुझाई सकिएको छ ।
समितिको नयाँ नेतृत्व समेत चयन गर्ने सो महाधिवेशनको लागि निर्वाचन प्रकृया अघि बढाउन डा. सम्पूर्णानन्द ढुंगानाको संयोजकत्वमा एक निर्वाचन समिति गठन गरिएको छ ।

यस्तै बिधान समितिको संयोजकमा शिवजी श्रेष्ठ तोकिएका छन् ।
आगामी ४ वर्षे कार्यकालको लागि सभापतिमा पुनः युवराज गुरुङको नाममा सहमति भैसकेको बताएको छ ।

अन्य पदाधिकारीमा समेत सर्वसम्मतिको लागि प्रयास जारी रहेको समितिले जनाएको छ ।