१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएको कार्यकाल ६ महिना थपियो, नोभेम्वरभित्र निर्वाचन

नेपालब्रिटेन डट कम्
३० आश्विन २०७८, शनिबार १९:१०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिनाको लागि थपिएको छ ।

गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको हो ।

बैठकको अध्यक्षता गरेका संघका अध्यक्ष कुमार पन्तले कार्यसमितिका सदस्यहरुको भावना अनुरुप संघको निर्वाचन नोभेम्वर ३० तारिख भित्र गर्ने घोषणा गरेका थिए ।

बैठकलाई सम्वोधन गर्दै अध्यक्ष पन्तले परराष्ट्र मन्त्रालयको पत्रकै कारणले समयमा १० औं महाधिवेशन गर्न नसकिएको बताए । उनले मन्त्रालयकै कारणले वर्तमान कार्यसमितिले आफ्नो म्याद थप्न बाध्य भएको बताए ।

यस्तै बैठकले महाधिवेशन प्रतिनिधिहरुका विषयमा आएका गुनासा सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसंगको परामर्शमा एक स्वतन्त्र समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकमा केन्द्रीय पदाधिकारी, सल्लाहकार सहित करिब एक सय जना भन्दाबढी सदस्यहरुले आआफ्ना भनाईहरु राखेका थिए ।

 

संरक्षक परिषदले अधिकार खोस्न खोज्यो

संघको ८० औं बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पन्तले प्रतिनिधि विवादका सम्बन्धमा संरक्षक परिषदले कार्यसमितिको अधिकार खोस्न खोजेको जानकारी बैठकमा गराए । उनले भने ‘संरक्षक परिषदलाई हामीले सहयोग मागेका थियौं तर उहाँहरुले कार्यसमितिको सम्पूर्ण अधिकार लिन खोज्नु भयो। निर्वाचित कार्यसमितिको अधिकार हनन गर्न खोजियो ।’

यसअघि संघका प्रमुख संरक्षक शेष घलेले कार्यसमितिको सम्पूर्णअधिकार दिनु पर्ने माग गर्दै पत्र पठाए पछि संरक्षक परिषद विवादमा आएको थियो ।

[democracy id=26]