१५ चैत्र २०८०, बिहीबार
Follow Us

जेम्स बोन्डको सम्पत्ति सन्तानले नपाउने

नेपालब्रिटेन संवाददाता
१ कार्तिक २०७८, सोमबार ११:४४

काठमाडौं । जेस्म बोन्डको उपनाम पाएका ब्रिटिस अभिनेता ड्यानियल क्रेगले आफ्नो सम्पत्तिकाे विषयमा गरेकाे घाेषणाले सबैकाे ध्यान तानेकाे छ । जेम्स बोन्ड फिल्मको पछिल्लो पाँच श्रृखंलामा शीर्ष भूमिकामा देखिएका उनले मरोणोप्रान्त आफ्नो सम्पत्ति सन्तानलाई नदिइ दान गर्ने घाेषणा गरेका छन् ।

उनले आफ्नो मृत्युपछि उक्त सम्पत्ति सामाजिक कार्यमा प्रयोग होस् भन्ने हेतुले दान गर्ने घोषणा गरेका छन् । ‘म आगामी पुस्तालाई सम्पत्ति छोड्न चाहन्न । मलाई लाग्छ उतराधिकारीलाई छाड्नु दुखद् कुरा हो’, उनले एक अन्तर्वार्तामा भनेका छन् । ५३ वर्षीय अभिनेताको पहिलो पत्नी फियोना लउडनबाट एक २९ वर्षिय छोरी छिन् भने दोस्रो पत्नी तथा अभिनेत्री रेचल वाइजबाट पनि एक छोरी गरी दुई सन्तान छन् । क्रेगसँग कुल १४५ मिलियन अमेरिकी डलर बराबरको सम्पत्ति रहेको बताइएको छ ।