December 6, 2021
4:31 AM | 10:16 AM
खेल

बर्खास्त राखेप सदस्यसचिव सिलवाल राति स्वदेश फर्कंदै

  18/10/2021 मा प्रकाशित

काठमाडौं । साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न माल्दिभ्स पुगेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल साेमबार राति स्वदेश फर्कंदै छन् । गत हप्ता अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पासँग माल्दिभ्स राजधानी माले पुगेका सदस्य सचिव आज (मंगलबार) राति ९ बजे अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने भएका हुन् ।

सदस्यसचिव सिलवालका स्वकीय सचिव मनोज खड्गीले राति ९ बजे ‘ल्याण्ड’ हुने बताए । यता, आज नै नेपाल सरकारको बैठकले सदस्यसचिव सिलवाललाई बर्खास्त गरेको चर्चा चलिरहेका बेला सदस्यसचिव राति स्वदेश ल्याण्ड हुन लागेका हुन् ।

यद्यपि, उनी आफ्नो नियमित समय अनुसार नै स्वदेश फर्कन लागेका हुन् । शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३-० गोल अन्तरले पराजित भएको थियो । १३औं संस्करणको साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलो पटक २८ वर्षपछि फाइनल पुगेको हो । नेपाली टिम भने साेमबाच बिहानै स्वदेश फर्किसकेको छ ।

प्रतिक्रिया