११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए एनसिसीहरुको विश्व भेला रोकियो

नेपालब्रिटेन डट कम्
३ कार्तिक २०७८, बुधबार २३:२९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २४ अक्टोवरमा हुने भनिएको राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) हरुको अन्तर्राष्ट्रिय रोकिएको छ ।
‘आयोजक : सबै एनसिसीहरु’ भन्दै सार्वजनिक अपिल गर्दै आयोजना हुन लागेको सो भेलामा सहभागि अवैधानिक भन्दै संघका अध्यक्ष कुमार पन्त र महासचिव डा. हेमराज शर्माले पत्राचार गरे पछि उक्त भेला रोकिएको हो ।

एनसिसीहरुका तर्फबाट छुट्टै भेला बोलाएर छालफल गर्न लागेपछि त्यसमा केन्द्रको कुनै संलग्नता नभएको भन्दै एनआरएनए केन्द्रिय अध्यक्ष कुमार पन्त र महासचिव डा हेमराज शर्माले एनसिसी, केन्द्रका अभियन्ताहरुलाई जानकारी गराएका थिए ।

अध्यक्ष पन्तले एनसिसी पदाधिकारीहरुलाई पठाएको ईमेलमा भनिएको छ “सामाजिक सन्जाल मार्फत मेरो जानकारीमा आए अनुसार २४ अक्टोबरका लागि प्रस्तावित एनसिसीहरुले गर्ने भनिएको भेलामा मेरो नामपनि जोडिएको छ । म यस्तो भेलाको जमघटको हिस्सा होइन । र त्यस्तो कुनैपनि भेला र जमघटमा सहभागि नहुनपनि म सबैलाई अनुरोध गर्दछु भनेका छन् ।

यस्तै महासचिव डा. हेमराज शर्माले अहिलेको समस्या समाधान गर्न अध्यक्षनै स्वयं रातदिन खटेको र यस्ता खालका समानान्तर गतिविधिले समस्यामा थप जटिलता थप्ने उल्लेख गर्दै भनेका छन् “कोरोना महामारीमा हामीले हप्तै जस्तो एनसिसिहरुसँग बैठक आयोजना गरेका थियौं । आवश्यक पर्यो भने अहिलेको समस्याका सम्बन्धमा पनि एनसिसिको बैठक आइसिसिले आयोजना गर्नेछ ।”

डा शर्माले अध्यक्षको लचकतालाई कमजोरीको रुपमा लिंदै एनआरएनएलाई असोभनीय हुने खालका गतिविधि हुँदै आएको र थुप्रै गलत नजिर स्थापित भएको उल्लेख गरेका छन । यस्ता खालका गतिविधिलाई समयमा नै रोक्न जरुरी भएकाले अध्यक्षले निर्देशन गरेअनुसार २४ तारिखको भेला आयोजना नगर्न र यस्ता गतिविधिमा भाग नलिन अनुरोध गर्दै भनेका छन् “यस्तो खालको भेलाको वैधानिक व्यवस्था नभएको पनि जानकारी गराउँदछु ।”

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) लाई परराष्ट्र मन्त्रालयले पठाएका पत्रहरु, त्यसपछि उत्पन्न परिस्थिति र संघको महाधिवेशन स्थगन लगायतका विषयमा भेलामा छलफल गरिने आयोजकहरुले उल्लेख गरेका छन् ।