१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायती महारानी अस्वस्थ

नेपालब्रिटेन डट कम्
५ कार्तिक २०७८, शुक्रबार ०२:४१

लण्डन । बेलायती महारानी ऐलिजाबेथले एक अस्पतालमा एक रात विताएर काममा फर्केकी छन् ।

महारानीको स्वास्थ्यमा समस्या देखिए पछि उत्तरी आयरल्याण्डको लागि तय गरिएका भ्रमण रद्द गरेपछि बुधवार राती अस्पतालमा भर्ना भएकी थिइन् ।
९५ वर्षिया महारानीको लण्डनस्थित निजी किङ एडर्व सातौं अस्पतालमा उपचार भएको थियो । उनी विगत ८ वर्ष पछि पहिलो पटक अस्पतालमा भर्ना भएकी थिइन् ।

उनीले बिहीबार खाजाको समय पछि महारानीको कार्यालय विन्डसर क्यासल फर्किए काम गरेकी थिइन् ।
उनको उपचार कोडिभ १९ संग सम्बन्धीत नभएको स्थानिय मेडियाले जनाएका छन् ।

चिकित्सकहरुले उनलाई एक साता आराम गर्न सल्लाह दिइएका छन् ।
महारानीले मंगलबार साँझ विन्सर क्यासलमा आयोजिक एक कार्यक्रममा प्रिन्स चाल्र्स, प्रिन्स विलियम र प्रधानमन्त्री बोरिस जोन्सन, बिल गेट्स र अमेरिकी जलवायु दूत जोन केरीसँग भेट गरेकी थिइन् ।