१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मोहन वैद्य डिस्चार्ज

नेपालब्रिटेन संवाददाता
७ कार्तिक २०७८, आईतवार १२:१९

काठमाडौँ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ डिस्चार्ज भएका छन् । दमको समस्या भएपछि नर्भिकमा असोज ३१ गते भर्ना भएका किरण एकहप्तापछि आइतबार डिस्चार्ज भएका हुन् । अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ।