१५ चैत्र २०८०, बिहीबार
Follow Us

फर्किए राजदूत रेग्मी

नेपालब्रिटेन डट कम्
७ कार्तिक २०७८, आईतवार १८:२०

लन्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आज नेपाल प्रस्थान गरेका छन् । लन्डनस्थित हिथ्रो विमानस्थलबाट आज अपरान्ह टर्किस एअर्लाइन्सबाट रेग्मी सपरिवार नेपाल फर्किएका हुन् ।

लन्डनबाट स्तान्बुल ट्रान्जिट हुँदै भोलि सोमबार काठमाडौँ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुग्नेछन् । राजदूतलाई बिदाइ गर्न दुताबासका नियोग उपप्रमुख एवं प्रवक्ता रोशन खनाल, सैनिक सहचारी रत्नबहादुर गोदार, द्वितीय सचिव रामबाबु नेपाल लगायतका कर्मचारीहरु विमानस्थल पुगेका थिए ।

बेलायतका लागि एक्काइसौँ राजदूतको रुपमा गत मार्च १ बाट आफ्नो कार्यकाल सम्हाल्दै आएका रेग्मी करिब ८ महिना नपुग्दै नेपाल सरकारको निर्णयअनुसार नेपाल फर्किएका हुन् ।

संयुक्त अधिराज्य बेलायतका लागि नेपाली आवासीय राजदूत रेग्मीले आयरल्याण्ड र माल्टाका लागि समेत गैरआवासीय राजदूतको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

राजदूत रेग्मीलाई शनिबार एक कार्यक्रम आयोजना गरि नेपाली दूतावास लन्डनका तर्फबाट बिदाइ गरिएको थियो ।