December 6, 2021
4:52 AM | 10:37 AM
डायस्पोरा

युरोप संयोजक नारायण आचार्यको कार्यक्रम स्पेनमा बहिष्कार

  25/10/2021 मा प्रकाशित

लन्डन। एनआरएनए युरोप संयोजक नारायण आचार्य प्रमुख अतिथि बन्ने कार्यक्रममा स्पेनका अधिकांश नेपालीहरुले बहिष्कार गरेका छन्। कोष्टाब्याङ्का कुटाकुट विवादकाबीच एनआरएन स्पेनले आयोजना गर्न लागेको दशैं तिहार कार्यक्रममा स्पेनका दुई राजनीतिक संगठनहरुले बहिष्कार गरेका हुन्।

नेकपा एमाले निकट प्रबासी नेपाली मञ्च स्पेन र नेकपा माओबादी निकट नेपाली जनप्रगतिशील मञ्च स्पेनले कार्यक्रम बहिष्कारको घोषणा गरेका हुन्।

कांग्रेस निकटका एनआरएनए स्पेनका अध्यक्ष शालिकराम डुम्रे नेतृत्वले केन्द्रिय अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले आयोजना गरेको एनसीसीहरुको भेलामा सहभागि बनेपछि दुवै संगठनहरु आक्रोशित बनेका छन्। केन्द्रिय विवादमा एनआरएनए स्पेनलाई पनि मुछ्ने काम गरेको उनीहरुको आरोप छ।

‘एनआरएनएको विधान र मर्म विपरित एनसीसीहरुको भेलामा स्पेनले प्रतिनिधित्व गर्नु गम्भिर आपत्ति र स्पेनबासी नेपालीहरुको भावाना विपरित भएको भएको हामीले ठहर गर्दछौ।’ सयुक्त्त विज्ञप्तिमा उल्लेख गरिएको छ।

कडा शब्दहरुको प्रयोग गर्दै एनआरएन स्पेनले आयोजना गर्ने कार्यक्रमहरु पूर्ण रुपमा अस्विकार गर्ने निर्णय संयुक्त विज्ञप्तिमा लेखिएको छ।

कोष्टाब्याङ्काको दशैंतिहार कार्यक्रममा नेपालीहरुबीच कुटाकुट भएपछि क्षेत्रीय समिति कोष्टाब्याङ्का र नेपाल समाज एसोसियशनले तीन जना ब्यक्तिहरुको नाम नै किटान गर्दै सामाजिक बहिष्कार गर्ने निर्णय गरेपछि एनआरएन स्पेन विवादमा मुचिएको हो।बहिष्कार गरिएका ब्यक्तिहरु कम्युनिष्ट निकट रहेको बुझिएको छ।

ति व्यक्तिहरुलाई अपशब्द बोलेको,महिलामाथि सम्मान नगरेको र हातपातमा उत्रेको आरोप सहित सामाजिक बहिष्कारको निर्णय गर्दै क्षेत्रीय समिति कोष्टाब्याङ्काले बिज्ञप्ति प्रकाशित गरेको थियो।

प्रतिक्रिया