November 30, 2021
10:23 PM | 4:08 AM
कला तथा मनोरन्जन

आहानलाई ‘तडप’बाट बलिउडमा स्वागत

  27/10/2021 मा प्रकाशित

काठमाडौँ । बलिउड अभिनेता सुनिल सेट्टीका छोरा आहन सेट्टी फिल्म ‘तडप’मार्फत डेब्यू गर्दै छन् । फिल्मको पोस्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।

‘स्टारकिड’लाई ट्रेलर सार्वजनिक भएदेखि नै बधाई दिनेको ओइरो लागेको छ । बलिउड सेलेब्सले आहानलाई ‘बलिउडमा स्वागत’ गरेका छन् ।

ट्रेलर सार्वजनिक भएपछि सुनीलले खुसी व्यक्त गरेका छन् । ‘आहानले आफ्नो करियरको सुरुवात गरेका छन्, उनलाई शुभकामना छ’, सुनिलले प्रतिक्रिया दिएका छन् । उनले अबको आहानको यात्रा उनकै कामले तय गर्नेसमेत बताए ।

‘स्टारकिड’ भएकै कारण होइन, प्रतिभा भए मात्र उनी दर्शकको मनमा बस्नेछन्’, सुनिलले भने । मिलन लुथरियाले निर्देशन गरेको फिल्ममा आहानसँगै फिल्ममा तारा सुतारियाको पनि अभिनय छ ।

प्रतिक्रिया