१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सहमति गरेर चुनावमा जानुको विकल्प छैन् : कृष्ण तिमल्सिना, एनआरएनए युरोप संयोजक (उम्मेदवार)

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७८, बुधबार १२:२८

लन्डन । लन्डनस्थित समाजसेवी तथा उद्यमी कृष्ण तिमल्सिनाले गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा देखिएको अ-योलका बारेमा चिन्ता व्यक्त गरेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका तिमल्सिनाले भने, ‘सामाजिक संस्थामा यति ठूलो राजनीति हुनु दुर्रभाग्य हो, जति दिन अ-योल कायम रहन्छ त्यतिनै संस्थाको साख गिर्दै जान्छ त्यसैले तत्तकाल सहमति गरेर निर्वाचनमा जानुको अर्को विकल्प छैन् ।’

तिमल्सिनाले चुनावमा हुने प्रतिनिधि छनोटमा भएको विवाद स्वभाविक नभएर कृतिम भएको बताए । उनले भने ‘संस्थाभित्र विधि बिधान, नियमावली छन् संस्थाभित्र भएका आन्तरिक विषयहरु त घरभित्रै बसेर सल्टाउने हो । यस्ता विवाद मिलाउन हामी आफैं सक्षम हुनु पर्छ ।’

मेरो ध्यान युरोपका नेपालीको सीप, ज्ञान र लगानी नेपाल लैजान पहल गर्नेमात्र होइन्, संस्थाका समय सान्दर्भिक सवाललाई पूर्णता दिन र युरोप बस्ने नेपालीले कतिपयघ देशमा भोग्नुपरेका रोजगारी, सांस्कृतिक तथा भाषिक समस्या सम्वोधनका लागि पहल गर्न पनि हुनेछ ।’

‘म झण्डै दुई दशकदेखि लन्डनमा छु । मलाई बेलायत र युरोपका नेपालीको साझा समस्या र चासो राम्ररी थाहा छ’, उनले भने, ‘युरोपवासी नेपालीका आर्थिक, सामाजिक तथा सांस्कृतिक सरोकार केन्द्रित योजनाको तयारीमा म जुटिरहेको छु ।’

तिमल्सिनाले आगामी ३० तारिख सम्म हुने भनिएको एनआरएनए अन्तर्राष्ट्रिय परिषद्को १० औं महाधिवेशनलाई सफल पार्न सबै पक्ष कृयाशिल हुनु पर्नेमा जोड दिए ।
युरोप क्षेत्रीय उपसंयोजक रहेका तिमल्सिनाले युरोपेली मुलुकका २७ देशलाई समन्वय गर्ने युरोप क्षेत्रीय संयोजकको जिम्मेवारी समालेका तिमल्सिनाले अल्पकालीन तथा दीर्घकालीन योजना सहित आफु संघको उम्मेदवार बनेको घोषणा गरेका थिए ।

धादिङबेँसी नीलकण्ठ–१४ स्थायी घर भएका उनी २० वर्षदेखि बेलायतमा बसोबास गर्दै आएका छन् । सन २००७ देखि एनआरएनएमा अभियानमा सकृय छन् ।