१५ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतका लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्यको नाम सिफारिस

नेपालब्रिटेन संवाददाता
११ कार्तिक २०७८, बिहीबार ११:५६

काठमाडौं । बेलायतलगायत तीन मुलुकको राजदूतको नाम बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । जसमा बेलायतका लागि ज्ञानचन्द्र आचार्यको नाम सिफारिस भएको छ । यसैगरी भारतका लागि डा. शंकर शर्मा र श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न सिफारिस गरेको हो ।

ज्ञानचन्द्र आचार्य परराष्ट्र सेवाबाट संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्त भएका आचार्य राष्ट्रसघीय उपमहासचिव तहसम्म काम गरेर सेवा निवृत भएका थिए। यसअघि देउवा प्रधानमन्त्री हुँदा आचार्य आर्थिक सल्लाहकार भएका थिए । यस्तै डा. शंकर शर्मा पनि अमेरिकाका लागि राजदूत भइसकेका हुन् । राजनीतिशास्त्रका प्राध्यापक खत्री परराष्ट्र मामिलाविज्ञ हुन् ।

सरकारले केहि साताअघि अमेरिका, भारत र बेलायतको राजदुतलाई फिर्ता बोलाएको थियो । यसअघि अमेरिकामा डा. युवराज खतिवडा, भारतमा निलाम्बर आचार्य र बेलायतमा लोकदर्शन रेग्मी राजदुत थिए ।