१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री देउबा र जनसम्पर्क समिति सभापति गुरुङबीच भेटघाट

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७८, शनिबार ०६:४०

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउबा बेलायत आइपुगेका छन् ।

नोभेम्बर १ र २ मा स्कटल्याण्डको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९कोप–२६० को पक्षको विश्वका नेताहरुको २६औं शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डल सहित शुक्रबार साँझ प्रधानमन्त्री लण्डन आइपुगेका हुन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई स्वागत गर्न शुक्रबार साँझ नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, सहमहामन्त्री इन्द्रहाङ लिङदेन, कोषाध्यक्ष नोर्बू शेर्पा र अन्य सदस्यहरु नेपाली राजदुतावास लण्डन पुगेका थिए ।

प्रधानमन्त्री यहाँ रहँदा उनीसँग गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूके, नेपाली जनसम्पर्क समिति बेलायत र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिले भेट्ने कार्यक्रम रहेको नेपाली राजदुतावास लण्डनले जनाएको छ ।