१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री देउवा र जनसम्पर्क समितिबीच अन्तरक्रिया (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७८, शनिबार १७:०९

लण्डन । लण्डन आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा रहेका नेपाली कांग्रेसका कार्यकर्तासंग भेट गरेका छन् ।

संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार राति लण्डन आइपुगेका देउवाले बेलायतमा रहेका नेपाली कांग्रेसका कार्यकर्तासंग भेट गरेका हुन् ।

नेपाली दूतावास लन्डनमा शनिबार बिहान नेपाली जनसम्पर्क समिती बेलायतका सभापति युवराज गुरुङको नेतृत्वमा पुगेका कार्यकर्ताहरुलाई प्रधानमन्त्री देउवाले करिव २० मिनेट भेट गरेका हुन् ।

भेलालाई सम्बोधन गर्दै देउवाले विदेशी पासपोर्ट बोकेर नेपाली राजनीति नगर्न सुझाव दिएका छन् ।

देउवाले भने, ‘जुन देशमा बस्नुभएको छ । सो देशको राजनीति गर्नुस् । बेकारमा नेपालको राजनीतिको पछाडी लागेर तनाव नलिनुहोस ।’ त्यस्तै देउवाले बेलायतमा रहेका नेपालीहरुलाई ब्रिटिस नागरिकहरुले सम्मानका साथ हेर्ने गरेको बताए । विश्वभर रहेका नेपालीहरुले अत्यन्तै राम्रो काम गरिरहेकाले उनले प्रशंसा पनि गरे ।