१२ बैशाख २०८१, बुधबार
Follow Us

सिटी स्तब्ध, युनाइटेड चेल्सी विजयी, लिभरपुल रोकियो

नेपालब्रिटेन संवाददाता
१४ कार्तिक २०७८, आईतवार ०६:४४

लन्डन । इंग्लिस प्रिमियर लिग (ईपीएल) मा शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले जित हात पार्दा लिभरपुल बराबरीमा रोकिएको छ भने म्यानचेस्टर सिटी स्तब्ध भएको छ । शनिबार राती भएको खेलमा युनाइटेडले टोटनहमलाई ३-० गोल अन्तरले पराजित गर्दा चेन्सीले न्युक्यासल युनाईटेडलाई समान गोल अन्तरले पराजित गरेकाे हाे ।

लिभरपुल ब्राइटनसँग २-२ को बराबरीमा रोकिँदा सिटी घरमै क्रिस्टल प्यालेससँग २-० ले स्तब्ध भएको हो । अन्य खेलमा आर्सनलले लेस्टरलाई २–० ले हरायो । साउथह्याम्पटनले वाट्फोर्डलाई १-० ले हराउँदा बर्नलीले ब्रेन्टफोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेकाे छ ।

खेलसँगै चेल्सी १० खेलबाट २५ अंकसहित पहिलो स्थानमा छ । २२ अंक रहेको लिभरपुल दोस्रो स्थानमा रहँदा म्यानचेस्टर सिटी २० अंकसहित तेस्रो स्थानमा छ । समान १७ अंकका साथ वेस्ट ह्याम, म्यानचेस्टर युनाइटेड र आर्सनल समान १७ अंक सहित चौथो, पाँचौ र छैटौं स्थानमा छन् ।