१३ बैशाख २०८१, बिहीबार
Follow Us

टी-२० विश्वकपः इङ्ल्याण्ड सेमिफाइनलमा

नेपालब्रिटेन संवाददाता
१६ कार्तिक २०७८, मंगलवार ०४:०६

जारी टी-ट्‍वान्टी विश्वकप २०२१ को समूह एकमा रहेको इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा इङ्ल्याण्डले श्रीलंकालाई पराजित गर्दै लगातारको चौथो जितपछि इङ्ल्याण्ड अन्तिम चारमा पर्न सफल भएको हो ।

श्रीलंका भने अब समूह चरणबाटै बाहिरिएको छ । सारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।

ओपनर जस बट्लरले १०१ रनको अविजित शतकीय पारी खेलेका थिए भने ओइन मोर्गनले ४० रनको योगदान दिलाएका थिए । जस बट्लरको यो टी-ट्‍वान्टी आइ करियरकै पहिलो शतक हो । जीतका लागि १६४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १३७ रनमा समेटिएपछि इङ्ल्याण्डले यो खेल २६ रनले जितेको हो ।

यो जीतसँगै इङ्ल्याण्ड सुपर १२ को समूह एकमा चार खेलमा चार जीतका साथ आठ अंकसहित शीर्ष स्थानमा छ भने अष्ट्रेलिया तीन खेलमा दुईमा जीत र एकमा हारसहित चार अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । दक्षिण अफ्रिका पनि समान चार अंकसहित तेस्रो स्थानमा छ ।

आजको पहिलो खेलमा दक्षिण अफ्रिका र बंगलादेश दिउँसो ३.४५ बजे खेल्दैछन् भने पाकिस्तान र नामिबिया साँझ ७.४५ बजे प्रतिस्पर्धा गर्दैछन् ।