१६ चैत्र २०८०, शुक्रबार
Follow Us

वेष्ट इन्डिज समूह चरणबाटै बाहिरियो

नेपालब्रिटेन संवाददाता
१९ कार्तिक २०७८, शुक्रबार ०४:३८

साविक विजेता वेष्ट इन्डिज टी-ट्‍वान्टी विश्वकप २०२१ को समूह चरणबाटै बाहिरिएको छ । गएराती सम्पन्न खेलमा सुपर बाह्रको समूह एकमा रहेको श्रीलंकासँग २० रनले पराजित हुँदै वेष्ट इन्डिज समूह चरणबाटै बाहिरिएको हो ।

सेख जायद स्टेडियम अबुधाबीमा टस हारेर ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा तीन विकेट गुमाउँदै १८९ रन बनाएको थियो ।

श्रीलंकाका चरिथ असलंकाले सर्वाधिक ६८ रन र ओपनर पाथुम निसांकाले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । जीतका लागि १९० रन पछ्याउँदै ब्याटिङमा उत्रिएको वेष्ट इन्डिज २० ओभरमा आठ विकेट गुमाउँदै १६९ रनमा समेटिएपछि श्रीलंकाले यो सान्तवना जीत निकाल्न सफल भएको हो ।

हिजै सम्पन्न अर्को खेलमा भने अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटको सानदार जीत निकाल्दै सेमिफाइनमा पुग्ने सम्भावनालाई जिवित राखेको छ ।

समूह एकमा रहेका श्रीलंका, वेष्ट इन्डिज र बंगलादेश भने अब समूह चरणबाट बाहिरिसकेका छन् । आजको पहिलो खेल न्युजिल्याण्ड र नामिबियाबीच दिउँसो ३.४५ बजे खेलिंदैछ भने दोस्रो खेल भारत र स्कटल्याण्डबीच साँझ ७.४५ बजे हुँदैछ ।