May 20, 2022
10:51 AM | 3:36 PM
खेल

वेस्ट ह्याम तेस्रो स्थानमा

  08/11/2021 मा प्रकाशित

लन्डन । इंग्लिस प्रिमियर लिगमा घरेलु टोली वेस्ट ह्याम युनाइटेडले लिभरपुललाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा वेस्ट ह्यामले लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको यो सिजनको पहिलो हार हो ।

वेस्ट ह्यामको जितमा पाब्लो फोर्नाल्स र जौमाले एक एक गोल गर्दा लिभरपुलका गोलरक्षक एलिसनले आत्माघाती गोल गरे । लिभरपुलको लागि ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड र डिभोक ओरिगीले गोल गरे ।

जितसँगै वेस्ट ह्याम ११ खेलमा ७ जित, २ बराबर र २ हारसहित २३ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित लिभरपुल ६ जित, ४ बराबरी र १ हार सहित २२ अंक बनाएर चौथो स्थानमा छ ।

प्रतिक्रिया