१५ चैत्र २०८०, बिहीबार
Follow Us

पहिलो सेमिफाइनल भोलि इङ्ल्याण्ड र न्युजिल्याण्डबीच हुँदै

नेपालब्रिटेन संवाददाता
२३ कार्तिक २०७८, मंगलवार ०३:४९

आइसीसी टी-ट्‍वान्टी विश्वकपमा भारतले आफ्नो अन्तिम खेलमा नामिबियामाथि सान्दार सान्तवना जीत निकाले पनि समूह चरणबाट भने पहिले नै बाहिरिसकेको छ । गएराती सम्पन्न समूह चरणको अन्तिम खेलमा भारतले नामिबियालाई ९ विकेटले पराजित गर्दै आफ्नो समूह २ मा तेस्रो स्थानमा रहन पुगेको छ ।

दुबई इन्टरनेशनल स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनाएको थियो । नामिबियाका लागि डेविड विसले सर्वाधिक २६ रन बनाएका थिए भने भारतका बलर रविन्द्र जडेजाले १६ रन खर्चंदै तीन विकेट लिन सफल भएका थिए ।

१३३ रनको सामान्य विजय लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको भारतले १५ दशमलव २ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै नामिबियामाथि ९ विकेटको सानदार जीत निकालेको हो । भारतका ओपनर व्याट्सम्यानद्वय लोकेस राहुलले अविजित ५४ रन र रोहित शर्माले ५६ रनको पारी खेलेका थिए । भारत पाँच खेलमा तीनमा जीत र दुईमा हारसहित ६ अंक बोकेर तेस्रो स्थानबाट बाहिरिएको हो ।

समूह चरणका खेलहरु समाप्त भएसँगै भोलि पहिलो सेमिफाइनल खेल हुँदैछ । समूह- १ को विजेता इङ्ल्याण्ड र समूह- २ को उपविजेता न्युजिल्याण्डबीच भोलि शेख जायद स्टेडियम अबुधावीमा पहिलो सेमिफाइनल खेल खेलिंदैछ । खेल नेपाली समय साँझ ७.४५ बजेबाट सुरु हुँदैछ ।