८ बैशाख २०८१, शनिबार
Follow Us

फाइनल प्रवेशका लागि इंग्ल्याण्ड र न्यूजिल्यान्ड भिड्दै

नेपालब्रिटेन संवाददाता
२४ कार्तिक २०७८, बुधबार ०८:५७

आईसीसी टी-ट्वाण्टी विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा आज (बुधबार) इंग्ल्यान्ड र न्यूजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । आबुधाबीमा हुने खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

ईओन मोर्गनको कप्तानीमा रहेको इंग्ल्यान्ड तेस्रो पटक टी-२० विश्वकपको फाइनलमा पुग्ने सोचमा छ । केन विलियम्यसनको कप्तानीमा रहेको न्यूजिल्यान्ड पहिलो पटक फाइनलमा पुग्ने योजनामा छ ।

इंग्ल्यान्ड सुपर -१२ को समूह-१ बाट पाँच खेलमा चार जित र एक हारसहित आठ अंक जोड्दै शीर्ष स्थानमा रहेर सेमिफाइनल पुगेको हाे ।

समूह- २ बाट न्यूजिल्यान्ड पाँच खेलमा चार जित र एक हारसहित दोस्रो स्थानमा रहेर सेमिफाइनल स्थान बनाएको हाे ।

इंग्ल्यान्डका ओपनर जेसन रोय चोटका कारण विश्वकप बाहिर छन् । अर्को सेमिफाइनलमा पाकिस्तान र अस्ट्रेलिया भोलि बिहीबार प्रतिस्पर्धा गर्नेछन् ।