७ बैशाख २०८१, शुक्रबार
Follow Us

आई मिस यु म्यूजिक भिडियो सार्वजनिक

नेपालब्रिटेन संवाददाता
२५ कार्तिक २०७८, बिहीबार ०४:४७

काठमाडौं । गीतकार राजश्री बस्न्यात श्रेष्ठले अल्पायुमै गुमाउनु परेका दुई जना छोरीहरुको सम्झनामा लेखेको ‘आई मिस यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सेण्टिमेण्टल भर्सनको यस गीतमा नेपाल आइडल–३ कि विजेता गायिका सज्जा चौलागाईको सुमधुर स्वर सुन्न सकिन्छ ।

वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यले संगीतवद्द गरेको यस गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन् । स्वयम् गीतकार श्रेष्ठ फिचर्ड म्युजिक भिडियोमा गरिमा शर्मा र श्रेया सिटौलाले छोरीहरुको भूमिका निभाएका छन् । उत्तम हुमागाईले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।

मनिक लाल श्रेष्ठ निर्माता रहेको भिडियोलाई गीतकार श्रेष्ठको परिकल्पना र निर्देशनमा तयार पारिएको हो । गीतकार श्रेष्ठको आधिकारिक च्यानल ‘राजश्री स्टोरिज’ मार्फत भिडियो सार्वजनिक गरिएको हो। गीतकार श्रेष्ठले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेकी छिन् ।