१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘म यस्तो गीत गाउँछु २’ माघ १९ मा

नेपालब्रिटेन संवाददाता
२६ कार्तिक २०७८, शुक्रबार ०४:०९

सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को नयाँ प्रदर्शन मिति तोकिएको छ । फिल्मको नयाँ पोष्टर सार्वजनिक गर्दै निर्माणपक्षले माघको १९ गतेलाई रिलिज मिति तय गरेको हो । कोरोना महामारी अगाडि फिल्म प्रदर्शनको तयारीमा थियो ।

‘म यस्तो गीत गाउँछु २’ प्रेम कथामा आधारित फिल्मलाई प्रेम दिवसको छेको पारेर रिलिज गर्ने तयारी गरेको निर्देशक सुदर्शन थापाले बताए । सुदर्शन थापा र नायिका पूजा शर्माले निर्माण गरेको फिल्मका सहनिर्माता जन्मजय साम्पाङ राई हुन् ।

फिल्ममा नायिका पूजा शर्मा, नायक पल शाहसंगै हरिहर शर्मा, दिनेश डीसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतको मुख्य भूमिका छ ।
फिल्मा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन छ । शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा रहेको फिल्म सुदर्शन थापाको कथा हो ।