८ बैशाख २०८१, शनिबार
Follow Us

ज्ञानु राणालाई सगरमाथा लाइफटाइम एचिमेन्ट अवार्ड

नेपालब्रिटेन संवाददाता
२९ कार्तिक २०७८, सोमबार ०६:२८

काठमाडौं । अग्रज गायिका ज्ञानु राणालाई १७ हजार ६ सय ९६ रुपैयाँसहित सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डबाट काठमाडौंमा सम्पन्न तेस्रो सगरमाथा म्युजिक अवार्ड समारोहमा सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, आयोजक मनोज थापालगायतले राणालाई सो सम्मान प्रदान गरेको छ । त्यसैगरी ८ हजार ८ सय ४८ रुपैयाँसहित विदुर गिरीलाई सगरमाथा कला पत्रकारिता रजत सम्मान प्रदान गरियो ।

कार्यक्रममा विभिन्न विधामा विभिन्न कलाकारले तेस्रो सगरमाथा म्युजिक अवार्ड हासिल गरेका छन् । राष्ट्रिय भावको गीतबाट गायकको अवार्ड नितिन गजुरेलले, गीतकारको अवार्ड टेक तमाङले हासिल गरे । यस्तै, चलचित्रतर्फ सर्वोत्कृष्ट गायकमा निशान भट्टराई, गायिका जिना रसाइलीले हासिल गरे ।

आधुनिक गीततर्फ सर्वोत्कृष्ट संगीतकारको अवार्ड दीपक शर्मालाई ‘माया जदो’बाट प्रदान गरियो । सर्वोत्कृष्ट गायकको अवार्ड कन्यैया सिंहले गायिकाको अवार्ड विद्या तिवारीले, गीतकारको अवार्ड पुरुष गीतकारबाट चन्द्रप्रसाईं परिष्कृतले, महिला गीतबारबाट पुष्पा खनाल, डायस्पोराको अवार्ड सावु रविले, नव गीतकारको अवार्ड विवि थापा ‘क्षितिज’ले संगीतकारको विशेष अवार्ड सन्तोष श्रेष्ठले हासिल गरे ।

पपतर्फ गायकको अवार्ड सचिन रौनियारले गायिकाको अवार्ड सिर्जना कार्की, गीतकारतर्फ तारा अधिकारी, संगीतकारतर्फ राजेन्द्र भट्टले अवार्ड पाए । त्यसैगरी पप÷आधुनिकतर्फ नवगायकमा आर्यन शाही ठकुरीले, नवगायिका मिना कार्कीले, युगल गायनमा गुणराज श्रेष्ठ र अस्मिता अधिकारीले, मोडल पुरुषमा सनम कठायत, महिलामा वर्षा सिवाकोटीले, नवमोडल पुरुषमा दिनेश कठायत र नवमोडल महिलामा पूजा नाथले, निर्देशकमा अञ्जन शर्मा, छायांकारमा रवीन्द्र बराल, नव निर्देशकमा दिनेश ठकुल्ला, सम्पादनमा दिप्सन शाह, बाद्यवादनमा सुनिलसिंह नेपाली, एरेन्जरमा अमूल कार्कीले अवार्ड हासिल गरे ।

लोक दोहोरीतर्फ गायकमा हरि गिरी, गायिकामा तृप्ति खड्का, शब्दमा रविन लामिछाने, लयमा रामु खड्का, नव गायकमा सीताराम परियार, नव गायिकामा सुमन थापा, प्रत्यक्ष दोहोरी गायकतर्फ चिज गुरुङ, गायिकातर्फ सपना रोक्का, मोडल महिलामा उषा सुवेदी, मोडल महिला नृत्यमा रीना थापामगर, मोडल पुरुषमा महेन्द्र गौतम, नव मोडल महिलामा जुना गुरुङ, नव मोडल पुरुषमा राजेन्द्र मगर, छायांकारमा करण चैसिर, सम्पादनमा प्रकाश धमला, निर्देशकमा विक्रम चौहान, नवनिर्देशकमा निशान बानियाँ, कोरियोग्राफरमा शम्भु शाही, एरेन्जरमा विश्वास नेपाल, रेकर्डिस्टमा सुमन रानाले अवार्ड हासिल गरे ।

सोही गीतकार डब्बु क्षत्रीलाई राष्ट्रिय गीतकार सम्मान प्रदान गरिएको सो कार्यक्रममा पत्रकारहरू कृष्ण भुसाल, विष्णु सुवेदी, सुमन पण्डित र शिवराम भण्डारीलाई पत्रकार सम्मान प्रदान गरिएको छ । यस्तै, कलाकार रमिला न्यौपाने, प्रकाश दुतराज, इभेन्ट डिरेक्टर निशु झा, गीतकार माधवराज खरेल पनि सम्मानित भए ।