४ बैशाख २०८१, मंगलवार
Follow Us

एमाले महाधिवेशनका लागि युरोपबाट छानिए प्रतिनिधि

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७८, मंगलवार ००:१६

लण्डन । नेकपा एमाले निकट प्रवासी नेपाली मंच (ओएनएफ) युरोपियन क्षेत्रबाट १० औं महाधिवेशनमा ५ जना प्रतिनिधि छानिएका छन्। प्रवासी नेपाली मंच भित्र प्रतिनिधि चयनका लागि २८ जनाले उम्मेदवारी दर्ता गराएपनि तोकिए बमोजिम ५ जना मात्र प्रतिनिधि छानिएको बुझिएको छ ।

२८ जना मध्ये खुला ३ जनाको कोटामा युरोपबाट भक्तबहादुर वाग्ले, गोविन्द पौडेल र मुक्त गुरुङ छानिएका छन । महिला तर्फ दुई जनाको कोटामा कल्पना त्रिपाठी र सरु चापागाई रहेका छन ।

एमाले अन्तरराष्ट्रिय प्रवास कमिटीले १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचनको कार्यतालिका र अधिकृतको विवरण सार्वजनिक गरेको सुचनामा युरोपमा भर्चुअल निर्वाचन भएको जनाइएको छ । गत १० नोभेम्बरमा जारी गरिएको सुचनामा निर्वाचन कार्यतालिकामा युरोपलाई एकै क्षेत्रमा राख्दै युरोपको निर्वाचन गराउन हङगकङगका भक्त गुरुङलाई जिम्मा दिइएको थियो ।

निर्वाचन कार्यतालिका अनुसार एमालेको १० औं राष्ट्रिय महाधिबेशनको लागी युरोप क्षेत्रबाट उम्मेदवारी दर्ता गर्ने (जम्मा ३ जनाको लागि)

१. सुरेन्द्र थपलिया (युके)
२. गोविन्द पौडेल (पोर्चुगल )
३. शालिक ग्राम थपलिया (बेल्जियम)
४. चन्द्रकान्त आचार्य (जर्मनी)
५. बोधराज पौडेल (बेल्जियम)
६. मुक्त गुरुङ (स्पेन )
७. शिब चापागाइ (डेनमार्क)
८. मदन लिम्बु (पोर्चुगल)
९. चिरञ्जीवी खडका (चेक रिपब्लिक)
१०. शिब बरुवाल (बेल्जियम)
११. विनोद ज्ञवालि ( युके )
१२. रञ्जन शिम्खडा (बेल्जियम)
१३. युबराज अधिकारी (जर्मनी)
१४. रणबहादुर बि क (जर्मनी)
१५. भक्तबहादुर वाग्ले ( फ्रान्स)
१६. जनक सुवेदी (बेल्जियम)
१७. भोजराज त्रीपाठी (जर्मनी)
१८. सनत कुमार गौतम (जर्मनी)
१९. टुङ्ग भद्र भुसाल (युके)
२०. दासुराम पाण्डे (युके)
२१. हरि सिम्खडा (बेल्जियम)
२२. योगेन्द्र बि क (बेल्जियम)
२३. जिबन सेन (युके)
२४. विनोद न्यौपाने (बेल्जियम)
२५ .बाल कृष्ण भुसाल (युके)
२६. दिनेश घिमिरे (युके)
२७. किसान केसि (बेल्जियम)

महिला प्रतिनिधिको २ जनाको लागी

१. कल्पना आङबुहाङ (युके)

२. सरु चापागाइ (बेल्जियम)

३. सरस्वती केसी (युके)

४. कल्पना त्रीपाठी (युके)

(छानिएका ५ जना – भक्तबहादुर वाग्ले, गोविन्द पौडेल, मुक्त गुरुङ, कल्पना त्रिपाठी र सरु चापागाईं)

प्रवास कमिटीहरु मध्ये ओसियानाको निर्वाचन अधिकृतमा चानक पोख्रेल, एशिया प्यासिफिकमा प्रभुराम थापा, गल्फमा रमेश पाण्डे, युरोपमा भक्त गुरुङ, अमेरिकाका निर्वाचन अधिकृतमा डा. विमला भण्डारी र अन्तरराष्ट्रिय कमिटिको निर्वाचन अधिकृतमा डा. राजन भट्टराई छन । आगामी नोभेम्बर १६ तारिख विहान ११ बजे संगठन विभागमा प्रतिनिधि दर्ताको समय राखिएको छ ।

एमालेको विधानअनुसार संगठित सदस्य भएको १० बर्ष पुगेपछि महाधिवेशन प्रतिनिधिमा उम्मेदवार हुन योग्य हुने छ भने महिला र जनजातीको हकमा भने सात बर्षमा योग्य हुने व्यवस्था छ ।