१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दाईभाउजुले सुपारी बुझेर एनआरएनए निर्वाचन रोके

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७८, मंगलवार ०१:०५

लण्डन । गैरआवासीय नेपाली संघको निर्वाचन रोक्न आर्थिक चलखेल भएको चर्चा शुरु भएको छ ।
गैरआवासीय नेपाली संघको अध्यक्षका प्रत्यासी टिम डा. बद्री केसीले शनिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रम (ककस) मा बोल्ने प्रश्नकर्ताहरुले नामै नलिएर नेपाली कांग्रेसका नेताहरुले पैसा लिएको आरोप लागेको हो ।

कार्यक्रममा प्रश्नकर्ताले एनआरएनए निर्वाचनमा दाई भाउजुले सुपारी बुझेको संघको निर्वाचन रोकिएको हो भन्ने जिज्ञासा राखेका थिए ।

कार्यक्रममा बोल्दै संघको आगामी कार्यकालको लागि अध्यक्षका प्रत्यासी डा. बद्री केसीले तत्काल संघको निर्वाचन हुनु पर्नेमा जोड दिए । उनले परराष्ट्र मन्त्रालय निर्वाचनको मार्ग अबरुद्ध गरे कानुनी उपचार खोजिने बताए ।

कार्यक्रममा बोल्दै संघका महासचिव डा. हेम राज शर्माले निर्वाचनलाई निश्पक्ष बनाउन प्रतिनिधि सम्बन्धी विवादको समस्याको समाधान खोज्न अध्यक्ष पन्तलाई जिम्मा दिएको बताए । उनले संघको निर्वाचनको रोकिनुको मुख्यः कारण प्रतिनिधि विवाद मात्र नभएर आर्थिक र राजनितिक भएको बताए ।

कार्यक्रममा संघका सचिव गौरीराज जोशीले एनआइएस प्रविधिमा कुनै अनियमिता नभएको बताए । उनले आगामी निर्वाचन निश्पक्ष हुने बताए ।

तीन सय सहभागी कार्यक्रमको संचालन आइसीसी सदस्य रामशरण सिमखडाले गरेका थिए । कार्यक्रममा चिरन्जीबी घिमिरे र टिका गुरुङ्गले आआफ्नो भनाई राखे । कार्यक्रममा तीन दर्जन पत्रकारले जिज्ञासा राखे ।