२९ बैशाख २०८१, शनिबार
Follow Us

‘सम्हालिन्छ कहिले मन’ फागुन २७ बाट प्रदर्शन

नेपालब्रिटेन संवाददाता
३० कार्तिक २०७८, मंगलवार ०५:०४

सुदर्शन थापाको निर्देशनमा निर्माण भएको फिल्म ‘सम्हालिन्छ कहिले मन’ को प्रदर्शन मिति तय भएको छ । निर्माणपक्षले फिल्मको नयाँ पोष्टर सार्वजनिक गर्दै फागुनको २७ गतेलाई रिलिज डेट तय गरेको हो । फिल्म लण्डनमा ४५ दिनसम्म खिचिएको थियो । भने दुबईमा एक गीत र केही सिनहरु खिचिएको थियो । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।

फिल्ममा अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ, नव नायकसोनम तोप्देन, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतको अभिनय छ । एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा अमित बस्नेत, सह–निर्मातामा परी राना र अजितकुमार थापा र कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम छन् ।

सौरभ लामाको छायांकन रहेको फिल्मको कथा महेश दवाडीले तयार पारेका हुन् । अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको गायक सुगम पोखरेलको चर्चित गीत ‘सम्हालिन्छ कहिले मन’ बाट नाम सापटी लिएर यो फिल्म निर्माण भएको हो ।

सुदर्शन थापाकै निर्माण तथा निर्देशन रहेको अर्काे फिल्म ‘म यस्तो गीत गाउँछु २’ पनि यहि माघको १९ गतेबाट प्रदर्शनमा आउँने घोषणा भैसकेको छ । उक्त फिल्ममा पूजा शर्मार पल शाहको मुख्य भूमिका रहेको छ ।