७ बैशाख २०८१, शुक्रबार
Follow Us

सान मारिनोकाे पाेष्टमा इङ्ल्याण्डको १० गाेल

नेपालब्रिटेन संवाददाता
३० कार्तिक २०७८, मंगलवार ०५:०६

फिफा विश्वकप २०२२ को युरोपेली छनौटमा इङ्ल्याण्डले सान मारिनोमाथि सानदार जीत निकालेको छ । सान मारिनोको घरेलु मैदानमा आज बिहान सम्पन्न खेलमा इङ्ल्याण्डले १०–० गोलको अन्तरले सान मारिनोलाई पराजित गरेको हो । इङ्ल्याण्डका कप्तान हेरिकेनले व्यक्तिगत चार गोल गर्दै इङ्ल्याण्डलाई सम्मानजनक जीत दिलाएका थिए ।

खेलको पहिलो हाफको छैटौं मिनेटबाट पहिलो गोलले अग्रता लिन सुरु गरेको इङ्ल्याण्डले दोस्रो हाफको ७८औं मिनेटसम्म आइपुग्दा १० गोल गरेको थियो । यो जीतसँगै इङ्ल्याण्ड आई समूहको अंक तालिकामा शीर्ष स्थानमा रहेको छ । त्यसैगरी समूह आइ अन्तर्गत नै सम्पन्न अर्को खेलमा हंगेरीले पोल्याण्डमाथि २–१ गोलको जीत निकालेको छ । यो हारसँगै पोल्याण्ड दोस्रो स्थानमा रहेको छ ।

आजै बिहान सम्पन्न समूह एफ अन्तर्गत अर्को खेलमा भने स्कटल्याण्डले डेनमार्कमाथि २–० गोलको जीत निकाल्दै आफ्नो विश्वकपमा छनौट हुने सम्भावनालाई जिवित राखेको छ । यस समूहमा डेनमार्क २७ अंकसहित शीर्ष स्थानमा छ भने स्कटल्याण्ड २३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी समूह सी अन्तर्गत आज बिहान सम्पन्न खेलमा स्वीट्जरल्याण्डले बुल्गेरियालाई ४–० गोलले पराजित गर्दै आफ्नो समूहमा १८ अंकसहित शीर्ष स्थानमा रहेको छ भने इटाली १६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।