१६ चैत्र २०८०, शुक्रबार
Follow Us

रोमाण्टिक मुडमा देखिए लोमुस र उषा

नेपालब्रिटेन संवाददाता
५ मंसिर २०७८, आईतवार ११:४१

काठमाडौँ । ‘उडी जाने पन्छी’ बोलको भिडियोको सफलता पश्चात गायक सुदिप कुमार थकालीले ‘एक बचन बोल्दैमा’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

तामाङ सेलो शैलीमा आधारित यस गीतमा आँशु लामाको शब्द,सङ्गीत रहेको छ भने नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ। राम केसीले छायांकन गरेको भिडियोलाइ टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा मोडल द्वय उषा उप्रेती र लोमुस शर्मा बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ ।

यसअघि गायक थकालीले ‘रेलको धुवाँ’, ‘एउटै मुटु’, ‘ॐ शान्ति ॐ’, बोलको म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन् । निर्माण टिमले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबै दर्शक स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन् ।