१४ बैशाख २०८१, शुक्रबार
Follow Us

झ्यांई झ्यांई पञ्चे बाजामा आषिस र आँचल

नेपालब्रिटेन संवाददाता
६ मंसिर २०७८, सोमबार ०३:४२

काठमाडौँ । गायक आशिष सचिन गौतमको नयाँ गीत ‘झ्यांई झ्यांई पञ्चे बाजा’को भिडियो दर्शकमाझ ल्याएका छन् । शुक्रबार बेलुका काठमाडौंमा एक समारोहबीच यो गीतको भिडियो सार्वजनिक गरिएको हो । यो गीतको भिडियोमा गायक आशिष सचिन र अभिनेत्री आँचल शर्माको नृत्य रहेको छ ।

महेश आचार्यले लेखेको यो गीतलाई एसडी योगीको संगीत छ । यो गीतमा आशिषलाई गायिका ऋतिका श्रेष्ठले स्वरमा साथ दिएकी छन् ।

‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’ जस्ता थुप्रै सफल गीत ल्याएका आशिषले यसपटक अझ लोक लयलाई महत्व दिएको बताएका छन् । यो विवाहको महिना भएकाले झ्याई झ्याई पञ्चे बाजा गीत ल्याएको पनि उनले बताए ।

अभिनेत्री शर्मा र गायक आशिषले गीतको भिडियोलाई आफ्नो अभिनयबाट न्याय दिएका छन् । विदेश जान बाध्य एकप्रेम जोडीको कथामा यो गीतको भिडियो आधारित छ । भिडियोको निर्देशक कविराज गहतराजले गरेका हुन् । डान्सिङ शैलीमा तयार भिडियो नेस स्टुडियोले निर्माण गरेको हो ।

गायनमा दर्शकले निकै रुचाएका आशिषको यस पटकको गीत झन मौलिक र राम्रो बनेकाले आफुले यो भिडियोमा पनि अभिनय गरेको अभिनेत्री आँचल शर्माले भिडियो सार्वजनिक कार्यक्रममा बताइन् ।