१२ बैशाख २०८१, बुधबार
Follow Us

सर्वोच्च अदालतमा आज पूर्ण बैठक बस्ने, बारले आजै मार्चपास गर्ने

नेपालब्रिटेन संवाददाता
९ मंसिर २०७८, बिहीबार ०३:४०

काठमाडौं । सर्वोच्च अदालतमा आज पूर्ण बैठक बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका न्यायाधीशहरूबीच हिजो भएको छलफलले आज पूर्ण बैठक बस्ने निर्णय गरेअनुसार बैठक बस्न लागेको हो । आजको बैठकले गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गर्नेछ । यसअघि न्यायाधीशहरूको बैठकले आउँदो १५ गतेदेखि गोलाप्रथाबाट इजलास गठन गर्ने निर्णय गरिसकेको छ ।

प्रधानन्यायाधिस जबराको राजीनामा माग गर्दै न्यायाधिसहरुले हाल बन्दी प्रत्यक्षीकरण रिटमा मात्रै सुनुवाइ गर्दै आइरहेका छन् । यसैबीच नेपाल बार एसोसिएसनलगायत विभिन्न पेसागत संगठनको सहभागितामा आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरिने भएको छ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध हुने उक्त मार्चपासमा सबै पेसागत संगठनका साथै सर्वसाधारणको पनि सहभागिता रहने छ। दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने तयारी छ। बारले प्रधानन्यायाधीशलाई महाभियोग लगाउनका लागि दलहरूलाई धारणापत्र बुझाइसकेको छ। यस्तै हिजो १८ वटा उच्च अदालतमा विरोध सभा गरेको थियो।