१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गोर्खा वारियर २ को छायाँकन सिन्धुलीबाट सुरु

नेपालब्रिटेन संवाददाता
१० मंसिर २०७८, शुक्रबार ०४:०४

काठमाडौं । निर्माता निर्देशक मिलन चाम्सले आफ्नो चलचित्र गोर्खा वरियर २ को छायाँकन सिन्धुलीबाट सुरु गरेका छन् । दशैंबाट बेलायतबाट छायाँकन हुने भनिएको यो चलचित्रको छायाँकन बेलायतमा कोरोनाको कहर बढेपछि नेपालदेखि गर्नु परेको निर्देशक चाम्सले बताएका छन् । बिहिबार सिन्धुलीको भद्रकाली मान्दिरमा पुजा गरेर यसको छायाँकन थालिएको छ । त्यहाँ यो चलचित्रका तीन सातासम्म छायाँकन हुनेछ । यो चलचित्रको केही छायाँकन गत बैशाख अघि सोलुखुम्बुमा गरिएको थियो ।

बीर गोर्खाली सेनाले विश्व युद्धमा लडेको लडाईंको कथामा यो चलचित्र निर्माण गरिँदैछ । चलचित्रको छायाँकन नेपाल सहित मलेशिया, बेलायत र भारतमा गरिने .पनि निर्देशक चाम्सले जानकारी गराएका छन् । अहिले सिन्धुलीमा १०० जना भन्दा बढी कलाकार (सैनिक) लाई युद्धमा उतारेर यो चलचित्रको युद्धको दृष्यहरु छायाँकन गरिँदैछ ।

यो चलचित्र ३ करोड भन्दा बढीको लागतमा निर्माण हुँदैछ । फिल्मलाई बेलायत सहित युरोप, अमेरिका तथा अन्तराष्ट्रिय बजारबाट पनि प्रदर्शनी गरिने भएको छ । यो चलचित्रमा रितेश चाम्स, बिजय लामा, रेविका गुरुङ, रियर राई, भुवनसिंह राई, शिशिर वाङदेल, कविता आले, बुद्धी तामाङ, विरुप घलेसहितका कलाकारको मुख्य भूमिका रहने छ ।

चलचित्र गोर्खा वारियर २ को प्रिमियर बेलायतका अल्बर्ट हलमा करिब १० हजार दर्शकबीच गरिने पनि निर्देशक चाम्सले बताएका छन् । त्यसपछि बल्ल गोर्खा वारियरको पहिलो सृँखलाको छायाँकन सुरु गर्ने पनि उनले बताएका छन् ।