१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दै

नेपालब्रिटेन संवाददाता
१० मंसिर २०७८, शुक्रबार ०४:०५

काठमाडौं । आइसीसी वुमन्स टी- ट्‍वान्टी विश्वकप एशिया क्षेत्र छनौटमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । आजको खेलमा पनि नेपालले रनरेटलाई माथिल्लो स्तरमा कायम राख्‍न मलेसियामाथि गतिलो जीत निकाल्न आवश्यक छ । नेपालले छनौट चरणको अन्तिम खेल भने बलियो टिम युएईसँग आइतबार प्रतिस्पर्धा गर्दैछ ।

हिजो सम्पन्न खेलमा नेपाल कुवेतसंग ९ विकेटले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले सबै विकेट गुमाएर २७ रन बनाएको थियो । नेपालले भने १ विकेट गुमाएर ९९ बल बाँकी रहँदै सो लक्ष्य हासिल गरेको थियो । नेपालका तर्फबाट संगीता राईले ३ विकेट, रुबिना क्षेत्री र करुणा भण्डारीले २-२ विकेट र सरस्वती कुमारीले १ विकेट लिएकी थिइन् ।

ब्याटिङ तर्फ इन्दु बर्माले १३ र रुबिना क्षेत्रीले १२ रन बनाएकी थिइन् । यो जितसंगै नेपाल ३ मध्ये २ खेलमा जीत निकाल्दै चार अंकसहित हङकङसँग बराबरीमा रहेको छ ।