७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएले शनिवार पत्रकार सम्मेलन गर्ने

नेपालब्रिटेन डट कम्
१० मंसिर २०७८, शुक्रबार २०:२६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शनिवार पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।
संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार संघले आगामी डिसेम्वर १५ तारिख हुने निर्वाचन र १० औं महाधिवेशनको तयारीको बारेमा जानकारी दिने उदेश्यले पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो । पत्रकार सम्मेलन शनिवार दिउसो नेपाली समय अनुसार तीन बजे भरर्चुअल मार्फत हुने संघले जनाएको छ ।

पत्रकार सम्मेलनलाई संघका अध्यक्ष कुमार पन्त लगायत संघका पदाधिकारीहरुले आआफ्ना भनाईहरु राख्ने भएका छन् । यसैबीच संघको संरक्षक परिषदको बैठकले परराष्ट्र मन्त्रालयद्धारा हालै जारी पत्रलाई अस्वीकार गर्दै निर्वाचन प्रकृयामा सहभागी नहुने निर्णय गरेको छ ।