८ बैशाख २०८१, शनिबार
Follow Us

परराष्ट्र मन्त्रालयविरुद्ध एनआरएनए अदालतमा

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७८, शनिबार ०९:००

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकार परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेको छ ।

यसअघि गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारबिरुद्ध अदालतमा जाने घोषणा गरेका थिए ।

उच्च अदालत पाटनमा उत्पे्रषण आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकार विरुद्ध पहिलो पटक संघले मुद्दा दायर गरेको संघको उच्चस्रोतले नेपालब्रिटेन डट कमसंग पुष्टि गरेको छ ।

सरकार विरुद्धको निवेदनमामा दशौँ महाधिवेशन गराउन संरक्षक परिषदलाई जिम्मा दिने मन्त्रालयको निर्णय गैर कानूनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ।

यसैबीच गैरआवासीय नेपाली संघले शनिवार एक पत्रका सम्मेलनको आयोजना गर्दैछ ।