१२ बैशाख २०८१, बुधबार
Follow Us

कोरोना संक्रमणः युरोपमा थप ७ लाखको मृत्यु हुनसक्ने चेतावनी

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७८, आईतवार ०७:२०

लण्डन । केही समयता युरोपमा कोरोना संक्रमण पुन: बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले आउने मार्चसम्म युरोपमा थप ७ लाख व्यक्तिको मृत्यु हुनसक्ने चेतावनी दिएको छ ।
बेलायतको राजधानी लन्डनस्थित सेन्ट चार्ल्स केन्द्रमा कोरोना भाइरसको खोप लिन पालो पर्खिरहेका स्थानीय ।
युरोपेली क्षेत्रमा रहेका ५३ देशमा हालसम्म कोरोना संक्रमणबाट १५ लाखभन्दा बढीको मृत्यु भइसकेको छ। संगठनले सन् २०२२ को मार्चसम्म तीमध्य ४९ देशका सघन उपचार कक्षमा बिरामीको उच्च चाप हुने जनाएको छ ।

युरोपमा अहिले कोरोना संक्रमण पुन: उकालो लागेको छ । अष्ट्रियामा लकडाउन लागू गरिएको छ भने अरु देशले पनि प्रतिबन्ध लगाइरहेका छन् ।

मंगलबार संगठनले आउँदो वसन्तसम्म कम्तीमा युरोपमा मृत्यु हुनेको संख्या २२ लाख पुग्न सक्ने अनुमान रहेको बताएको छ । युरोपेली देशमा अहिले कोरोनाबाट मृत्यु हुनेको सख्या दोब्बर हुन पुगेको छ । संगठनका अनुसार संक्रमण बढ्नुमा एक त सबैले खोप लगाइसकेका छैननन् त्यसमाथि डेल्टा भेरियन्ट पनि प्रमुख कारण हो ।

संगठनका युरोपका निर्देशक डा. ह्यान्स क्लुगले खोप नलगाएकालाई तुरुन्त खोप लगाउन अनुरोध गरेका छन् । विश्वभर हालसम्म कोरोनाबाट २५.९ करोड व्यक्ति संक्रमित भइसकेका छन् भने ५१.७ लाख व्यक्तिको मृत्यु भइसकेको छ ।