१५ चैत्र २०८०, बिहीबार
Follow Us

काँग्रेसद्धारा निर्वाचन समितिको संयोजक परिवर्तन

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७८, आईतवार ०७:३८

नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले आइतबार यादवको राजीनामा स्वीकृत गरेका हुन् ।

डडेल्धुराको अधिवेशनका सन्दर्भमा दबाब आएपछि यादवले राजीनामा दिएका थिए । डडेल्धुरामा निवर्तमान जिल्ला सभापति कर्ण मल्ल समूहको बहिष्कारका बीच जिल्ला अधिवेशन सम्पन्न भएको छ । मल्ल समूहले उक्त अधिवेशन मान्य नभएको भन्दै पुन अधिवेशन गराउन दबाब दिएको छ ।

मंसिर १ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन सुरु गरेको मल्ल समूहले केही दिनअघि यादवमाथि भौतिक आक्रमणको धम्की दिएको थियो । मल्ल समूहको धम्कीपछि यादवले संयोजकबाट राजीनामा बुझाएर पार्टी कार्यालय जान छोडेका थिए । यादवले काममा फर्किन नमानेपछि सभापति देउवाले उनको राजीनामा स्वीकृत गरेर निर्वाचन समितिका वरिष्ठ सदस्य गोपालकृष्ण घिमिरेलाई संयोजक तोकिएको छ ।

अब घिमिरे नेतृत्वको समितिमा सीताराम केसी, एकराज पोखरेल, तेजबहादुर रावल सदस्य गरेका छन् । समितिको सदस्य सचिवमा केशव रिजाल र जगन्नाथ श्रेष्ठले रहेका छन् । काँग्रेसले अगामी मंसिर २४–२६ गते १४ औं महाधिवेशन छ । जिल्ला अधिवेशन अन्तिम चरणमा पुगेको छ भने आगामी मंसिर २६ र २७ गते प्रदेश अधिवेशन हुनेछ ।