१६ चैत्र २०८०, शुक्रबार
Follow Us

संरक्षक परिषदको म्याद थपिएको छैन् : एनआरएनए, प्रवक्ता क्षेत्री

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७८, आईतवार १०:४४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता डिबी क्षेत्रीले संघको संरक्षक परिषदको म्याद नथपिएको बताएका छन् ।

प्रवक्ता क्षेत्रीले कोरियाबाट संचालित एक अनलाइनलाई आइतवार दिएको अन्तरवार्तामा संघको विधान अनुरुप कार्यसमिति मात्र ६ महिना म्याद थपिएको प्रष्ट पारे । उनले विषेश अवस्थामा कार्यसमितिको म्याद थप्ने व्यवस्था वैधानिक भएको तर अन्य समितिहरुको म्याद थप्ने विषयमा विधानमा केही उल्लेख नभएको बताए ।

उनले परराष्ट्र मन्त्रालयको पत्र पछि पटकपटक सरकारसंग छलफल भए पछि राजनीतिक हस्तक्षेपका कारणले निर्वाचन हुन नसकेको बताए ।

क्षेत्रीले संघको निर्वाचन पूर्वनिर्धारित समयमा नै हुने जिकिर गरे ।

हामीले निर्वाचन समितिलाई प्रकृयाअघि बढाउन अनुरोध गरेका छौं, समितिले आफ्नो अनुकुलमा निर्वाचन गराउन स्वतन्त्र छ क्षेत्रीले भने । उनले कोरोना महामारीका बीच आफ्नो कार्यकाल पूर्णरुपमा सफल भएको दावी गरे ।