१५ चैत्र २०८०, बिहीबार
Follow Us

अमेरिकाबाट थप ८ देशमा यात्रा गर्न रोक

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७८, आईतवार १०:५९

लण्डन । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण अमेरिकाले थप ८ देशमा यात्रा नगर्न आफ्ना नागरिकहरुलाई चेतावनी दिएको छ । दक्षिण अफ्रिका र अन्य ७ देशमा यात्रा नगर्न अमेरिकी विदेश मन्त्रालयले यात्रा सुझाव जारी गरेको हो ।

विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरियन्टलाई भेरियन्ट अफ कन्सर्न घोषणा गरेपछि अमेरिकाले यात्रा सुझाव जारी गरेको हो । विश्व स्वास्थ्य संगठनसमक्ष यो भेरियन्टबारे पहिलोपटक नोभेम्बर २४ मा

अमेरिकाले जीवन नै जोखिममा पर्ने अवस्था रहेका मुलुकमा यात्रा नगर्न चौथो स्तरको ट्राभल एड्भाइजरी जारी गर्दै आएको छ । दक्षिण अफ्रिका, जिम्बाबे, नामिविया, मोजाम्बिक, मालावी, लेसोथो, इस्वाटिनी र बोत्सानालाई अमेरिकाले सबैभन्दा जोखिमपूर्ण चौथो स्तरमा राखेको हो ।

नेपाललाई भने अमेरिकाले दोश्रो स्तरमा राखेको छ । अर्थात् नेपाल यात्रा गर्दा सावधानी अपनाउन सुझाव दिइएको छ तर धेरै खतरापूर्ण सुचीमा राखिएको छैन ।

अमेरिकाले यी ८ देशबाट अमेरिका आउनमा समेत गैर आप्रवासीहरुलाई रोक लगाएको छ । अमेरिकी नागरिक, ग्रिनकार्डवाहक र केही अपवादमा पर्नेहरु भने अमेरिका आउन पाउनेछन् ।