७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए अभियानमा महिलाका चुनौति बिषयक अन्तरक्रिया सम्पन्न

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७८, आईतवार २०:०३

लण्डन । ककस एक सार्थक बहसको तेस्रो श्रृंखलामा एनआरएनएमा महिलाहरुको सहभागीता, सशक्तीकरण, चुनौंती, यथार्थ र महिला फोरमहरुको भुमिका बिषयक एक बृहत छलफलको आयोजना गरिएको छ ।
यही शनिबार जुम मार्फत गरिएको सो कार्यक्रममा मलिाहरुका जल्दाबल्दा मुद्धाहरुका बिषयमा आगामी २०२१—२३ कार्यकालका लागि महिला उम्म्ेदवारहरु लगायत विभिन्न देशका महिला संयोजकहरु, महिला उपाध्यक्ष, आइसिसि सदस्यहरु र पुर्व पदाधिकारीहरु लगायतले आप्mना धारणाहरु राखेका थिए ।

आगामी कार्यकालका लागि एनआरएनए आइसिसिका अध्यक्ष पदका उम्मेदवार डा बद्री के.सीले आफ्नो कार्यकालमा महिलाहरुका जल्दाबल्दा समस्याहरुलाई सबैभन्दा माथिल्लो प्राथमिकता दिने बताएका थिए । उपाध्यक्षका उम्मेदवार डा. हेमराज शर्माले महिलाहरु कसरी घर, परिवार तथा सामाजिक कार्यलाई सन्तुलनमा राख्न सक्षम छन् भन्ने कुरा आफैंमा प्रेरणादायी रहेको बताएका थिए ।
आगामी कार्यकालका लागि महिला उपाध्यक्ष पदका प्रत्यासी यासमिन बेगम शैयदले विदेशमा महिलाहरुको अवस्था, संभावना र चुनौंती बिषयमा आफ्नो प्रस्तुती दिएकी थिईन् भने महिला सशक्तिकरणका बारेमा महिला सचिवकी उम्म्ेदवार टिका गुरुंगले आफना भनाईहरु राखेकी थिईन् । महिला सहकोषध्यक्षका उम्मेदवार यमुना भट्टराईले महिलाहरुले विदेशमा सिकेको ज्ञान, सिप र पुंजीलाई कसरी स्वदेशमा लैजान सकिन्छ भन्ने बारे बोलेकी थिईन् ।

आगामी २१—२३ कार्यकालमा आईसिसि महिला संयोजक पदकी उम्म्ेदवार संगीता मरहट्टाले एनआरएनएमा महिलाहरुको सहभागीता र महिलाहरुको भुमिका बिषयमा विस्तृ्त विवरण र तथ्यांकसहितको प्रस्तुती दिएकी थिईन् ।

झण्डै तीन घन्टा लामो चलेको सो कार्यक्रममा एनआरएनए बहराईनकाी अध्यक्ष लक्ष्मी गिरी, एनआरएनए स्वीजरल्याण्डकी अध्यक्ष शुभ लामा, एनआरएनए हंगकंगकी उपाध्यक्ष अनु राई, एनआरएनए जापानबाट आइसिसि सदस्य इन्दिरा सुजुकी, मकाउबाट आइसिसि सदस्य शान्ति अधिकारी, एशिया प्यासिफिक महिला क्षेत्रीय सयोजक कन्चन थापा, एनसिसि महेशियाका महिला संयोजक मिरा गिरी पुरी, एनसिसि बहराईनका महिला संयोजक संगीता दाहाल,एनसिसि कतारका महिला संयोजक नानु घले, आइसिसिका पुर्व महिला संयाृजक रजनी प्रधान लगायतका दर्जनौं महिलाहरुर्ले एनआरएनएमा आफ्नो अनुभव र सम्बन्धित देशमा रहेका महिला समस्याहरुका बारेमा उजागर गरेका थिए । कार्यक्रमको र्यापोर्टिंग पत्रकार बाबा राजेश्वरी थापाले गरेकी थिईन् ।
सो कार्यक्रमको सन्चालन पत्रकार तथा आगामी कार्यकालका लागि एनआरएनए आइसिसका महिला संयोजकका उम्मेदवार संगीता मरहट्टाले संचालन गरेकी थिईन् ।