१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पोलिश – नेप्लिज फाउन्डेशन स्थापना

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७८, सोमबार १८:२३


उत्तम राज चालिसे ।

नेपाल-पोल्यान्डको कुटनैतिक सम्वन्ध गॉसिएको ६२ वर्षगॉठको अवसर पारेर यही २५ नोभेम्वरमा ‘पोलिश-नेप्लिज फाउन्डेशन’ को समुध्घाटन समारोह पोल्यान्डको राजघानी वार्सासंग जोडिएको शहर रासिनमा राखिएको थियो।कोभिडलाई ध्यानमा राखि केवल ५० जना मात्र पोलिश र नेपाली समाजका महत्वपूर्ण व्यक्तित्वहरुलाई आमन्त्रणगरिएको समारोहलाई २०० जना क्षमताको व्यवस्थित स्टुडियो रोजिएको थियो। त्यतिका महत्वपूर्ण व्यक्तिहरुकोउपस्थितीमा भएपनि कुनै आशन ग्रहण थिएन, मन्चमा कसैलाई सिट राखिएको थिएन। न त विशिस्ट व्यक्तिको परिचयकार्यक्रममा समय नस्ट गरिएको थियो। एक वक्ताले अर्का वक्तालाई माईक र फ्लोर हस्तान्तरण गरिएको थियो।प्रस्तोताहरु पनि आफ्नो जिम्मेवारी निकै प्रभावकारीताकासाथ निभाएका थिए। फाउन्डेशनका अध्यक्ष(एनआरएनए पोल्यान्डका संस्थापक अध्यक्ष) डा वोध राज सुवेदीले पोलिस भाषामा स्वागत गर्दै कार्यक्रमको शुरुवात भएको थियो भने फाउन्डेसनका काउन्सिल सदस्य डा एलिनी पोखरेल सुवेदी ले नेपाली भाषामा स्वागत गर्नुभएको थियो।

डा वोधराजसुवेदीले पोल्यान्ड-नेपाल सम्वन्धकाका आधारहरु र कुटनितिक सम्वन्धका ईतिहास वारे प्रकाश पार्नुभो। उपाध्यक्ष युआना स्मोर्चुस्का भोईस ले फाउन्डेसनका पहिलो वार्षिक योजनाहरूको बारेमा जानकारी गराउनुभएको थियो। वार्सामेडिकल विश्वविद्यालय कि प्राध्यापक डाक्टर मार्ता मास्केले नेपालका वहुआयामीक तथ्य, तथ्याडंकहरु र फाउन्डेसनका लक्ष्यहरू निकै प्रभावकारी ढंगले प्रस्तुत गर्नुभएको थियो। ट्रष्टिहरु प्राध्यापक मार्चिन भोईस र डाक्टर स्वाभोमिर भाज्यौंखोप्स्कि ले कार्यक्रमको पूर्णरुपमा व्यवस्थापन गर्नुभएको थियो।

जर्मनी स्थित पोल्यान्डका लागी नेपाली राजदुत महामहीम रामकाजीखड्काले भिडीयो वाट सम्वोधन गर्नु भएको थियो भने पोल्यान्डका अनररी कन्सुलर लोकमान्य गोल्छाले चिठी वाट संदेशपठाउनुभएको थियो जुन पढेर सुनाईएको थियो। सुस्मिता तुलाधरले राष्ट्रप्रेमले भरिपूर्ण नृत्य देखाउनुभएको थियो भने योगा प्रशिक्षक सोनु गुरुडंले नेपाली संस्कृतीको सिडंगिडं वल साउन्ड हिलिडं र होलिस्टक पाटो छोटकरीमा प्रस्तुतगर्नुभएको थियो। विशिष्ठ अथितीहरुले दर्शक दिर्घाको आफ्नो सिटवाट कार्यक्रमको अन्ततिर फ्लोर खुला गरेपछी उठेरआफ्नो परिचय दिएर भनाईहरु राख्नुभएको थियो। सवैजना अति नम्र, शालिन र सरल देखिनुहुन्थ्यो। कसैमा कुनैअहमता देखिएन। वहॉहरु कसैका कुनै सुरक्षाकर्मी वा सहयोगी पनि थिएनन् । यतीका सवै काम केवल १ घन्टामासमेटिएको थियो। र वॉकी १ घन्टा खानपिन, गफगाफ, परिचय , फोटो सेसन, कलाकृती भेषभुषा इत्यादि देँखाउदै सम्पन्नभयो।

उक्त कार्यक्रममा वर्तमान रासिन शहरका मेयर आन्जे जारेम्वा,पोलिश-एशियन च्याम्वर अफ कमर्सको वर्तमान अध्यक्षतथा पूर्व उपप्रधानमन्त्री तथा अर्थ मन्त्रि यानुस पेखोचिन्स्की, दिल्ली स्थित पोल्यान्डका पूर्व राजदुत तोमास उकासुक, परराष्ट्र मन्त्रालयका प्रतिनिधी रीमती मारिया उकासुक, कल्चर सेन्टरका डाईरेक्टर मारियुस् स्मोलिखा, ईन्फरमातोरमाजोभिया मेडियाको प्रधान सम्पादक रोमान गेम्वासेव्स्कि, सफल व्यापारी मारेक भुईचिक, युरोपियन हेल्थ सेन्टर, सर्जिकल अन्कोलोजी डिपार्टमेन्ट प्रमुख नासेर दिव, ईनास ग्लोवल का उपाध्यक्ष तथा पानी अभियान कर्ता मित्रलाल पार्दे, नेपाली विजनेश यसोसियसनका अध्यक्ष डा उदय देव आचार्य, जनसंपर्क समिती पोल्यान्ड सभापति डा एलिनी पोखरेल, प्रवासी मंच को संयोजक टंक कटुवाल, एन आर एन ए एन सि सि पोल्यान्ड महासचिव पवन खड्का, ईनास पोल्यान्डअध्यक्ष रिता न्यौपाने, पोल्यान्डमा रहेका सवैभन्दा पाका नेपाली ईन्जिनियर दुर्गा मास्के लगायतको उपस्थिती थियो।