७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेयमार दुई महिना मैदान बाहिर रहने

नेपालब्रिटेन संवाददाता
१४ मंसिर २०७८, मंगलवार ०८:४३

काठमाडौं । ब्राजिलियन स्टार तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेयमार जुनियर घुँडाको चोटका कारण दुई महिना मैदान बाहिर रहने भएका छन् । २९ वर्षीय नेयमार आइतबार लिग वानअन्तर्गत सेन्ट इटेनेसँगको खेलमा ३–१ ले विजयी हुँदा घाइते भएका थिए ।

पिएसजीले सोमबार विज्ञप्तिमार्फत नेयमार ६ देखि आठ हप्ता मैदान बाहिर रहने बताएको हो । पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिन्होले चोट गम्भीर नभएको बताए पनि घुँडाको लिगामेन्टमा समस्या देखिएको बताएका छन् ।