January 22, 2022
5:29 AM | 11:14 AM
ताजा खबर

एमाले अध्यक्षमा १ हजार ९ सय मत ल्याएर ओली विजयी

  30/11/2021 मा प्रकाशित

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।

खसेको कूल २ हजार ९६ मतमा नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार ९ सय मत पाउनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी भीम रावलले १ सय ९६ मत पाउनुभयो ।

उपाध्यक्षको मत गणना शुरु भएको छ । त्यसपछि सचिव र केन्द्रीय सदस्यको मत गणना हुने एमाले निर्वाचन आयोगले जानकारी दिएको छ । शुरुमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि रावलले अस्वीकार गर्नुभएको थियो ।

त्यसपछि मतदान प्रक्रिया अघि बढाइएको थियो । बिहान ४ बजेबाट मतदान शुरु गरी दिउँसो एक बजेबाट गणना शुरु गरिएको थियो ।

प्रतिक्रिया