१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए निर्वाचन तालिका प्रकाशित, २६ र २७ डिसेम्बर मतदान

नेपालब्रिटेन डट कम्
१४ मंसिर २०७८, मंगलवार ११:५१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन तालिका प्रकाशित भएको छ । गैरआवासीय नेपाली संघको निर्वाचन समितिका अनुसार उम्मेदवारको मनोनय ११ डिसेम्बरमा हुने छ । यस्तै निर्वाचन २६ र २७ डिसेम्वरमा हुने निर्वाचन समितिले जनाएको छ ।

गत अक्टोवर महिनामा तय गरिएको निर्वाचन परराष्ट्र मन्त्रालयले रोकिदिए पछि अन्योलमा थियो । गत आइतवार पाटन उच्च अदालतले मन्त्रालयको पत्र खारेज गरिदिए पछि चुनावको बाटो खुलेको हो । संघको नेतृत्वको लागि डा. बद्री केसी, रविना थापा र कुल आचार्य मैदानमा छन् ।