१३ बैशाख २०८१, बिहीबार
Follow Us

सहमतिमै निर्वाचन सम्पन्न गर्ने एनआरएनएको प्रतिबद्धता

नेपालब्रिटेन डट कम्
१४ मंसिर २०७८, मंगलवार १५:४०

लण्डन । गैरआवासीय नेपाली संघले संघको निर्वाचनमा देखिएका विवादलाई आपसी सहमतिमा टुंग्गो लगाउने प्रतिबद्धता जनाएको छ ।
संघका प्रवक्ता डिबी क्षेत्रीले मंगलवार एक विज्ञप्ति जारी गर्दै हरेक समस्याको समाधान लोकतान्त्रिक विधि पद्धत्ति र आपसी छलफलबाट मात्रै सम्भव हुने भएकाले आगामी दिनमा सहकार्य र सहमतिका साथ अघि बढ्न आह्वान गरेका छन् ।

विज्ञप्तिमा हरेक समस्याको समाधान लोकतान्त्रिक विधि पद्धत्ति र आपसी छलफलबाट मात्रै सम्भव हुने भएकाले आगामी दिनमा सहकार्य र सहमतिका साथ अघि बढ्न आह्वान गरिन्छ । निर्वाचन बिथोल्ने खालको कुनै पनि किसिमका गतिविधि नगर्नरनगराउन पनि सबैमा आग्रह गर्दछौ भनिएको छ।

यसैगरी, ‘आसन्न निर्वाचनलाई प्रभावित पार्ने मनसायले यही डिसेम्बर १ तारिखमा राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको भेला आयोजना गरिएको भन्ने खबर प्राप्त भएकोले यसै सूचनामार्फत, गलत मनसाय प्रेरित कुनैपनि भेला वा कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइन्छ ।

संघको विधानको धारा १७ (७) मा राष्ट्रिय समन्वय परिषद्हरु संघसंग आबद्द रहनका लागि संघको निर्देशन पालना गर्नुपर्ने व्यवस्था भएको समेत स्मरण गराउंदै सोही अनुसार गर्न र गराउन’ समेत विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।
संघले आसन्न निर्वाचनमा आ–आफ्नो स्थानबाट सहयोग गरिदिनु हुन सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई अनुरोध गरेको छ ।