७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रहरी शरणमा कंगना

नेपालब्रिटेन संवाददाता
१५ मंसिर २०७८, बुधबार ०५:४७

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौत प्रहरीसमक्ष पुगेकी छन् । आफ्नो सुरक्षाको माग गर्दै उनी यतिबेला प्रहरीसमक्ष पुगेकी हुन् । आफ्ना भनाइबाट बारम्बार विवादमा परिरहने यी अभिनेत्रीलाई केही दिनयता ज्यान मार्ने धम्की आइरहेको छ ।

पछिल्लो समय उनी किसानको बारेमा बोलेर विवादमा परेकी हुन् । नरेन्द्रले किसानको आन्दोलनको अगाडि झुक्नुपरेको छ । उनले यो आन्दोलनलाई खालिस्तानी आन्दोलन भनेकी थिइन् । योसँगै उनले भारतको स्वतन्त्रता बेलायतीहरूको भिखबाट प्राप्त भएको बताएकी थिइन् ।

यी दुई विवादास्पद भनाइले चर्चामा रहेकी कंगनालाई केही दिनयताबाट ज्यान मार्ने धम्की आइरहेको छ । यो धम्कीले आफूलाई निकै निकै गाह्रो भएपछि प्रहरीमा उजुरी दिनुपरेको उनले बताएकी छन् । अभिनेत्री कंगनाले सुरक्षाको माग गर्दै उजुरी दिएपछि मुम्बई प्रहरीले उनको सुरक्षा कडाइ गरेको छ ।

त्यसो त केही दिनअघि उनले बोलेको एउटा विषयलाई लिएर अदालतमा देशद्रोहीको मुद्दा परेको छ । सो मुद्दाबारे अहिले केही पनि सुनुवाइ भएको छैन । सो मुद्दाविरुद्ध उनी चाँडै अदालत जानुपर्नेछ । उनले अहिलेसम्म प्राप्त गरेको राष्ट्रिय स्तरको पुरस्कार पनि भारत सरकारले खोस्नुपर्छ भन्ने माग एकथरीले उठाइरहेका छन् । विभिन्न कारणले विवादमा रहेकी यी अभिनेत्रीलाई सोही कारण धम्की आएको बताएको छ ।