१३ बैशाख २०८१, बिहीबार
Follow Us

सुजाताको ‘कुरा सिधा छ’मा पल र केकी

नेपालब्रिटेन संवाददाता
१६ मंसिर २०७८, बिहीबार ०४:१४

काठमाडौं । गायिका सुजाता केसीले ‘कुरा सिधा छ’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छन् । रमेश परियारको शब्द तथा संगीत रहेको गीतमा सुजाता र अलिफ खानको स्वर छ ।

अभिनेता पल शाह र अभिनेत्री केकी अधिकारीको अभिनय रहेको गीतको भिडियो सुजाताले मंगलबार सार्वजनिक गरेकी हुन् । काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा लुम्बिनीमा यस गीतको भिडियो छायाँकन गरिएको हो ।

गायिका सुजाताले यसअघि ‘बाजा बजाउँदै’, ‘ओई कान्छी’ जस्ता गीतहरु सार्वजनिक गरिसकेकी छन् । यी गीतको भिडियोले युट्युबमा राम्रो भ्युज पाएका छन् । ‘कुरा सिधा छ’ बोलको गीतलाई पनि स्रोता एवं दर्शकले रुचाउनेमा आफू विश्वस्त रहेको गायिका केसी बताउँछिन् ।

‘भिडियो सार्वजनिक भएसँगै सबैबाट राम्रो प्रतिक्रिया पाएकी छु,’ प्रारम्भिक प्रतिक्रियाबाट उत्साहित उनले भनिन्, ‘आशा छ, गीतलाई स्रोता एवं दर्शकले रुचाउनुहुनेछ ।’ यस गीतको भिडियोलाई अर्जुन तिवारीले छायाँकन र विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।