७ बैशाख २०८१, शुक्रबार
Follow Us

नर्वेमा क्रिस्मस पार्टीमा सहभागी ५० जनामा ओमिक्रोन

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७८, बिहीबार १४:१३

लण्डन । नर्वेमा क्रिस्मस पार्टीमा सहभागी ५० जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ ।

नयाँ ओमिक्रोन भेरियन्टको विश्वको सबैभन्दा ठूलो संख्यामा संक्रमण भएको विहिवार अधिकारीहरुले सार्वजनिक गरेका छन् ।
ओमिक्रोन भेरियन्टको लागि सकारात्मक परीक्षण गरिए पछि नर्वेमा नयाँ प्रतिबन्धहरुको तयारी गरिएको छ।

अफ्रिकाबाट शुरु भएको ओमिक्रोन भेरियन्टका कारणले विश्वका कयौं देशले यात्रामा प्रतिवन्ध लगाउन शुरु गरेका छन् । यसैबीच छिमेकी मुलुक भारतमा दुई जनामा सो भेरियन्ट भेटिए पछि नेपालमा समेत सर्तकता अपनाइएको छ ।