१४ बैशाख २०८१, शुक्रबार
Follow Us

९ वटा मुलुकबाट जाने यात्रुलाई नेपाल प्रवेशमा रोक

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७८, बिहीबार १४:३४

लण्डन । सरकारले आज मध्यराती १२ बजेबाट लागू हुने गरी दक्षिण अफ्रिका, हङकङ, जिम्बाबेसहित विभिन्न ९ देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ । ओमिक्रोन भेरियन्ट नेपाल भित्रन नदिन पूर्व सावधानी अपनाउँदै सरकारले दक्षिण अफ्रिका, हकङक, बोत्स्वाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक र मलावीबाट आउनेसहित तथा ती देशलाई ट्रान्जिट बनाएर आउने अन्य यात्रुमाथि रोक लगाएको हो ।

यस्तै सरकारले तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरूलाई पनि नेपाल प्रवेशमा रोक लगाएको स्रोतले जनायो । गत सोमबार नै मन्त्रीपरिषदुले यस विषयमा निर्णय गरेपनि आज मात्रै गृह मन्त्रालयमा परिपत्र गरेको थियो । पत्रमा आजै मध्यराती १२ बजेबाटै यो व्यवस्था लागू गर्न भनिएको छ ।

सोही आधारमा गृहले आजै तीन वटै सुरक्षा निकाय एवं सम्बन्धित जिल्ला प्रशासनमा निर्देशन दिइसकेको गृह स्रोतले बतायो । यद्यपी देशबाट नेपालतर्फ आउने क्रममा बाटै रहेका यात्रुलाई भने अनिवार्य क्वारेन्टीनमा राखिने बताइएको छ ।